देउवालाई प्रधानमन्त्री प्रचण्डको आग्रह : राष्ट्रिय मुद्दामा मिलेर जाऔं

चैत्र १५, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डले बोलाएपछि कांग्रेस सभापति देउवा बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्ला‌ई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा देउवा पनि सकारात्मक छन् ।

आचार्यले भने, ‘राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नराखौं, मिलेर अघि बढौं भन्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो । खासगरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टीआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू अघि नबढेकाले अब बढाऔं भन्ने लगायतका मुद्दामा प्रधानमन्त्रीले आग्रह गरे र त्यसमा देउवाबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताए । ‘१८ गते प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । त्यहीबारेमा कुरा भएको हो,’ देउवाले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

नगरको कार्यक्रममा जिल्ला प्रशासनले किन सुटुक्क झुण्डायो सार्वजनिक सुनुवाईको व्यानर ?

त्रिशुली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटियो, वेनिघाटमा जलाइरहेको शव बग्यो

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार !

धादिङको रामकोट सडकमा रुखसँगै उम्रिएको आशा