विकासको पहिलो आधार गुणस्तरीय शिक्षा हो: गुरु बराल

बैशाख ३१, २०८१


धादिङ – गाउँ गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्ने नेकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बरालले बताएका छन् ।
पालिका स्तरमै प्रविधिमैत्री पठनपाठनमा जोड दिएर युवाहरुलाई स्थानीय ठाउँमा नै स्वरोजगार बनाउने खालको कार्यक्रम अघि सार्नुपर्ने उनले बताए ।

धादिङको नेत्रवती गाउँपालिका-५ कटुन्जेमा आयोजित नेत्रावती डमजोङ गाउँपालिका कमिटिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बरालले दुर दराजका नागरिकका बालबालिकाले गाउँमै गुणस्तरीय शिक्षा लिन पाउनुपर्ने र स्थानीय स्तरमै व्यवसायिक फर्महरु संचालनमा ल्याएर स्वरोजगार बनाउनुपर्ने बताए ।

‘विकासको पहिलो आधार गुणस्तरीय शिक्षा हो । यो काम एमालेको अगुवाईमा सम्भव छ’, नेता बरालले भने-‘विदेशिने युवाहरुलाई गाउँमै रोकेर स्थानीयको आर्थिक अवस्था सुधार्न व्यवसायिक फार्महरु सुरु गर्नुपर्छ ।’

बहुदलीय जनवादको सिद्धान्तलाई अघि सारेर अन्यत्र रहेका आम मतदातालाई ढुक्कसंग एमालेमा ल्याउन र पार्टीको नीति सिद्धान्त प्रष्ट बनाएर कृयासिल बनाउन एमाले नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुंगेलले विकासको कामको अगुवाइ एमालेले मात्रै गर्न सक्ने जिकिर गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीसहित केन्द्रिय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी नेताहरुले सम्बोधन गरेका थिए ।

नेकपा एमाले नेत्रावती डबजोङ गाउँपालिका कमिटी दोश्रो अधिवेशनले ३१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

पिपलभञ्ज्याङका एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार !

एकिकृत समाजवादीले धादिङका स्थानीय तह समक्ष बुझायो स्मरण पत्र

मायोपिया नियन्त्रणका लागि दृष्टि आई केयरको साताव्यापी अभियान सुरु

प्रधानमन्त्री ओली भन्छन्-‘समाजवाद घोषणा गर्ने समय भएको छैन’