आईपीएल क्रिकेटमा चेन्नईलाई २७ रनले हराउँदै आरसीबी प्लेअफमा

जेष्ठ ६, २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) प्लेअफमा पुगेको छ । गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता टोली चेन्नईलाई २७ रनले हरायो । आरसीबीलाई प्लेअफमा पुग्न कम्तीमा १८ रनको जित आवश्यक थियो ।

आरसीबीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन मात्र बनाउन सक्यो । चेन्नईका रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए । आरसीबीका यश दयालले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली आरसीबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । आरसीबीका कप्तान फाप्प डु प्लेसिसले सर्वाधिक ५४ रन बनाए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेट लिए ।

पहिलो आठ खेलमा एक खेल मात्र जितेको आरसीबी त्यसपछिका लगातार छ खेल जित्दै अङ्क तालिकाको चौथो स्थानमा रहन सफल भएको हो । आईपीएल क्रिकेटमा आज दिउँसो पौने ४ बजे सनराइजर्स हैदरावाद र पञ्जाव किङ्ग्स खेल्दैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ