आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

जेष्ठ ७, २०८१

काठमाडौं -नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । त्यसबारे छानबिन गरी प्रमाणित गर्न सोमबार बसेको संसदीय दलको बैठकबाट चुनौती दिइएको हो ।

“उहाँ (रवि लामिछाने)ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको यो काम हो, प्रश्न सोध्ने काम होइन,” प्रमुख सचेतक रमेश लेखकले भने ।

आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम पनि गृहमन्त्रीले नै भोग्नुपर्ने कांग्रेसले चेतावनी दिएको छ । “तपाईंले जुन गम्भरी लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, व्यहोर्नुपर्ला,” उनले भने ।

सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले सरकारमा रहेको व्यक्तिले भ्रामक कुरा गरे संगीन प्रकारको लाञ्छना लगाउन पाइन्छ रु भनी प्रश्न गरे ।

गृहमन्त्री लामिछानेले हिजोको प्रतिनिधिसभा बैठकमा कांग्रेस नेतामाथि विभिन्न आरोप लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

नगरको कार्यक्रममा जिल्ला प्रशासनले किन सुटुक्क झुण्डायो सार्वजनिक सुनुवाईको व्यानर ?

त्रिशुली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटियो, वेनिघाटमा जलाइरहेको शव बग्यो

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार !

धादिङको रामकोट सडकमा रुखसँगै उम्रिएको आशा