अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर

जेष्ठ ३०, २०८१

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । सन् २०१८ मा ह्यान्ड गन खरिद गर्दा लागूऔषधबारे झुट बोलेको अभियोगमा उनी दोषी ठहरिएका हुन् ।

डेलावेयर राज्यको एक अदालतले ५४ वर्षीय हन्टरलाई तीन वटा आरोपमा दोषी ठहर्‍याएको छ । बहालवाला अमेरिकी राष्ट्रपतिको छोरा दोषी ठहरिएको यो घटना पहिलो रहेको बीबीसीले जनाएको छ ।

ह्यान्ड गन खरिद गर्दा बाइडनले भरेको फारममा उनले आफू लागूऔषधको दुर्व्यसनी रहेको कुरा लुकाएका थिए । हन्टरलाई सङ्घीय बन्दुक कानुनअन्तर्गत अधिकतम २५ वर्षसम्मको जेल सजाय र साढे सात लाख अमेरिकी डलरसम्मको जरिबाना हुनसक्ने बताइएको छ ।

अदालतले हन्टरविरुद्धको मुद्दामा मध्य अक्टोबरतिर सजाय तोक्ने छ । तर उनले उच्च अदालतमा पुनरावेदन गर्ने जनाइएको छ । राष्ट्रपति बाइडेनले आफ्नो छोराविरुद्धको मुद्दामा कुनै बाधा नपुर्‍याउने र अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ