बैंकहरुमा थुप्रियो दुई अर्ब ५५ करोडको सुन

असार १६, २०८१

काठमाडौं । अहिले आमउपभोक्ताबाट सुनको माग कम भइरहेको छ। यही कारण बैंकहरूमा सुन थुप्रिएको हो। बैंकहरूमा आएको सुन व्यवसायीहरूले उठाइरहेका छैनन्।

बैंकरहरूका अनुसार अहिले बैंकमा २१० किलो सुन थुप्रिएको छ। बजारमा अहिले सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाइरहेको छ। गत जेठ २५ गते सुनले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो। सो दिन सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रूपैयाँ पुगेको थियो। दुई वर्षभन्दा केही बढी समयमै सुनको मूल्य ४४ प्रतिशतले बढेको हो। गत २०७८ चैत ८ गते सुनको भाउले दोस्रोपटक एक लाख रूपैयाँ नाघेको थियो।

मूल्य उच्च भएको, आमउपभोक्ताको क्रय शक्ति घटेको र आर्थिक गतिविधि सुस्तिएको कारण सुनको मागमा कमी आइरहेको छ।

अहिले बजारमा प्रतितोला सुनको मूल्य एक लाख ४१ हजार आठ सय रूपैयाँ छ। अर्थात् प्रति १० ग्रामको मूल्य एक लाख २१ हजार ५७० रूपैयाँ छ। यस आधारमा बैंकहरूमा थुप्रिएको दुई लाख १० हजार ग्राम सुनको बजार मूल्य दुई अर्ब ५५ करोड रूपैयाँ हुन्छ।

पुरानै सुनबाट नयाँ गरगहना बनाउने, चोरीबाट भित्रिएका केही सुनको प्रयोगले पनि बैंकहरूले ल्याएको सुन व्यवसायीहरूले नउठाएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ