धादिङका रामनाथ अधिकारी बने कृषिमन्त्री, यस्तो छ रामनाथको राजनीतिक इतिहास

असार ३१, २०८१

शंकर श्रेष्ठ
धादिङ ।
नेपाली कांग्रेस धादिङका सभापति एवं्नेपाली कांग्रेसका नेता रामनाथ अधिकारी पहिलो पटक मन्त्री बनेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा पहिलो पटक मन्त्री बनेका हुन् । उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

धादिङ क्षेत्र नम्बर २ का संसद भवन प्रवेश गरेका उनी धादिङका पुराना नेता हुन् । जनताको समस्या समाधानमा सधैं सक्रिय अधिकारी सादा जीवनशैलीका कारण पनि लोकप्रिय छन् ।

रामनाथ अधिकारीको राजनैतिक ईतिहास
रामनाथ अधिकारी कांग्रेस माओवादीको गठबन्धनबाट निर्वाचित धादिङका संघीय सांसद हुन् । प्रजातान्त्रिक आन्दोलनमा लाग्दा पटक–पटक जेल सजाय भोगिसकेका अधिकारी कांगे्रस धादिङको जिल्ला सभापति हुन् । धादिङको सुनौलाबजार नेवारपानीमा २०१८ साल भदौ १८ गते जन्मिएका उनी २०३६ सालको जनमतसंग्रह, २०४२ को सत्याग्रहमा कांग्रेसबाट सक्रिय रूपमा सहभागी भएका थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन उनी २०४५ साल वैशाख ६ गते गिरफ्तारी समेत भएका थिए । २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि राजनीतिमा थप सक्रिय भएका उनी आठौँ अधिवेशनमा कांग्रेस धादिङको कार्यसमिति सहसचिवमा निर्वाचित भए । त्यसपछि २०५३ सालमा नवौँ अधिवेशनमा जिल्ला सभापतिको प्रत्यासी थिए । तत्कालीन जिल्ला सभापति दामन पाख्रिनको २०५४ कात्तिक २६ गते निधन भएपछि जिल्ला नेतृत्वविहीन भयो । नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका अधिकारी नै थप अवधिका लागि सभापतिमा बने ।

२०५६ सालमा भएको आमनिर्वाचनमा उनले धादिङ २ नम्बर क्षेत्रबाट सांसदको टिकट पनि पाए । दुई पटकसम्म चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई हराउँदै सांसद बने । तत्कालीन अवस्थामा धादिङमा ३ निर्वाचन क्षेत्र थिए । कांग्रेस धादिङको पाँच पटकसम्म जिल्ला सभापति बनेका अधिकारीले यसअघि २०५५, २०५७, २०६२, २०६७ र ०७८ सालमा सभापति भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा धादिङ क्षेत्र नं. २ बाट चुनावी मैदानमा थिए । सो निर्वाचनमा उनले पराजय व्यहोरे । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले पराजय व्यहोरे । त्यसपछि २०७९ मंसिरको चुनावमा नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई पराजित गर्दै संघीय सांसदमा निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ