नेपालमा पनि देखियो माइक्रोसफ्टको समस्या, क्लियरिङ हाउसका कम्प्युटर डाउन

साउन ४, २०८१

काठमाडौं – विश्वभर कम्प्युटर नेटवर्क डाउन भइरहँदा नेपालमा समेत समस्या देखिएको छ । माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लू स्क्रिन अफ डेथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ ।

पेमेन्ट र सेटलमेन्ट क्लियर गर्ने सरकारी वित्तीय संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल०का कम्प्युटहरूमा समस्या देखिएको हो ।

एनसीएचएलका सीईओ निलेसमानसिंह प्रधानले केही कम्प्युटरमा समस्या देखिएको बताए । साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकको फाल्कोन क्राउडस्ट्राइक नामक एन्टिभाइरस सफ्टवेयर प्रयोग भएका कम्प्युटर डाउन भएको उनले बताए ।

अन्य कारोबारसम्बन्धी काममा कुनै समस्या नभए पनि प्रयोगकर्ताले काम गर्न नपाएको उनको भनाइ छ ।

“विश्वभर झैँ हाम्रो पनि केही कम्प्युटरमा समस्या देखिएको छ । फाल्कोन क्राउडस्ट्राइक एन्टिभाइरस सफ्टवेयरमा अपडेट आएपछि यो समस्या आएको देखिन्छ,” एनसीचएलका सीईओ प्रधानले भने ।

एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबरसुरक्षा प्रदायक कम्पनी क्राउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि त्यसको प्रयोग गरिएका कम्प्युटरमा समस्या आइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ