बागमतीमा कांग्रेस–एमालेले मुख्यमन्त्री बाहेक ६–६ मन्त्रालय पाउने

साउन ८, २०८१

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।

सहमति अनुसार एमालेले विगतमा लिएको ५ मन्त्रालय पाउने स्पष्ट भएको छ भने थप एक मन्त्रालयमा अझै कुरा मिल्न सकेको छैन । कांग्रेसले विगतमा माओवादी सहित अन्य दल सम्हाल्दै आएको मन्त्रालय पाउने भएको छ ।

सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ भने कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय विकास मन्त्रालय लिनेछ ।

दुई दल बिच २ वटा मन्त्रालयको विषयलाई लिएर सहमति जुट्न सकेको छैन । कांग्रेस संसदीय दलका नेता लामाका अनुसार केही बेरमा नै मन्त्रालय भागबन्डाको विषयमा सहमति हुनेछ । उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ ।

युवा तथा खेलकुद मन्त्रालय कांग्रेसलाई छाड्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एमालेले दाबी गरेको छ । एमालेले सोही अनुसार सहमति भएको दाबी गर्दै आएपछि कांग्रेस भने अझै सहमति नभएको बताएको छ । कांग्रेसले पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय आफूले लिने र युवा तथा खेलकुद मन्त्रालय एमालेलाई दिने गरी सहमति हुने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ