पेरिस ओलम्पिक: खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

साउन १०, २०८१

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरोक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ। विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो ।

समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुङ्गेको मानिएको थियो । २–१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर त्यो गोललाई भीएआरले मान्यता दिएन ।

त्यस लगतै दर्शकबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए । त्यसपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए । दुवै टिमले मैदान पनि छाडिसकेका थिए । तर रेफ्रीले खेल सकिएको सङ्केतमा सिठ्ठी भने बजाएका थिएनन् । त्यसपछि खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ