बीमाको रकम लिनका लागि आफैंले पसलमा आगो लगाए, पोल खुलेपछि पक्राउ

साउन २०, २०८१

पोखरा – १६ साउनको बिहानै पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको प्रहरीले निष्कर्ष निकाल्यो ।

गहतराजले ४ वर्षदेखि मदिरा तथा किराना सामग्री पाइने सपिङ सेन्टर खोलेका थिए । घटनापछि उनले इन्भटर सर्ट भएर आगो लगाएको बताएका थिए । शंका लागेपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा व्यवसायमा निरन्तर घाटा भएपछि बीमाको रकम दाबी गर्ने उद्देश्यका साथ आफैंले आगो लगाएको खुलेको छ ।

प्रहरीका अनुसार आगलागीको घटनापछि इन्भटर बिक्री गर्ने पसलका धनीलाई भेट्यो, जसले इन्भटर सर्ट भएर आगो नलाग्ने बताए । नेपाल विद्युत प्रधिकरणले पनि घटना बुझेपछि विद्युत सर्ट नभएको जानकारी दियो ।

आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको आशंका थियो । तर गहतराजले बीमा नगरेको बताए । अनुसन्धान चलिरहेका बेला १८ गते हिमालयन इन्सुरेन्समा बीमा दाबी गर्दै निवेदन दिए । उनले २ करोड १० लाख रुपैयाँको बीमा गरेको थिए ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । पसल नचलेको, सामान पनि ठूलो मात्रामा स्टक रहेको, घर भाडाका विषयमा विवाद रहेको र आर्थिक व्यवहार बिग्रिँदै गएपछि बीमा दाबी गर्ने उद्देश्यले आगो लगाएको बयान दिएका छन् । गहतराजलाई पवन नेपालले सहयोग गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पवनले पोखरामा ह्याचरी तथा पोल्ट्री फार्म गर्दै आएको थिए । उनको पोल्ट्री फर्ममा गत वर्ष नै आगो लागेर ३१ लाख रुपैयाँ बीमा रकम लिएका थिए । उनकै सुझावमा गहतराजले आफ्नै सपिङ सेन्टरमा आगो लगाउने र बीमा वापतको रकम ल्याएर आर्थिक व्यवहार मिलाउने योजना बुनेका थिए ।

स्याङ्जाका दुवै जनाका बीचमा आर्थिक कारोबार थियो । गहतराजले बीमाबाट प्राप्त हुने रकमबाट १० लाख रुपैयाँ पवनलाई दिने सहमति समेत गरेका थिए ।

प्रहरीका अनुसार घटना भएको दिन दुवै जना गाडीमा गएर स्प्रिट ल्याएका थिए । ‘सपिङ सेन्टर आगो लगाउने निर्णयपछि गहतराज निस्किएर जान्छन्, केहीबेरपछि आगो लगाएर नेपाल निस्किएर हिँडेको देखिन्छ,’ एसपी थापाले भने ।

आगलागीबाट सपिङ सेन्टरको वाइन, ग्रोसरी र कस्मेटिक सप पूर्णरुपमा जलेर नष्ट भयो । सेन्टरका सञ्चालक गहतराजले विद्युत सर्ट भएर आगो लागेको बताएका थिए ।

तर बीमा रकम पाउने उद्देश्यका साथ आगो लगाएको खुलेपछि प्रहरीले गहतराज र नेपाल दुवैलाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवै जनालाई आपराधिक उपद्रव मुद्दा चलाएर जिल्ला अदालतमा ७ दिनको म्याद थप गरिएको छ । यो कसुरमा २ देखि ५ वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिवाना हुनसक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ