कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन : शेखर कोइराला

साउन २१, २०८१

काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा पार्टीनिकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा कोइरालाले राजनीतिक स्थायित्वको लागि नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार बनेकोले यसलाई मजबुत बनाउनुपर्ने बताए ।

मिश्रित निर्वाचन प्रणालीबाट कुनैपनि राजनीतिक दलको बहुमत नआउने भन्दै उनले दलहरूको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिए ।

कोइरालाले भने, ‘एक्लै चुनाव लड्न सक्ने क्षमता हामीले बनाउन सक्नुपर्‍यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरुले बुझ्न जरुरी छ । राजनीतिक स्थायित्व भएन भनेर हामीले यो सरकार बनाएको हो । ६र६ महिनामा सरकार परिवर्तन हुने । अरु देशमा सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुँदैन । हामीकहाँ नीति पनि परिवर्तन हुन्छ । यो कुराहरूले गर्दा हामीले सोच्यौँ काँग्रेस र एमाले सम्मिलित सरकार बनाऔँ । र निश्चित कुराहरुमा जाऔँ । राजनीतिक स्थायित्व दिनलाई संविधान संशोधन गर्ने हो कि भन्ने कुराहरु आयो ।’

नेता कोइरालाले सरकारले सुशासन कायम गर्नुपर्ने भन्दै भ्रष्टाचारमुक्त समाज बनाउने कुरालाई सरकारले नजरअन्दाज गर्न नमिल्ने पनिबताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ