भारतको दिल्लीमा ‘फेक भिसा’ उपलब्ध गराउने नेपाली पक्राउ

साउन २५, २०८१

भारतको राजधानी नयाँ दिल्लीमा ‘फेक भिसा र्‍याकेट’ चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । दिल्ली प्रहरीका अनुसार, उनले ‘इजी मनी’ र विदेशमा अझ राम्रो जीवनशैलीको आशा देखाएर मानिसलाई लोभ्याउँदै आएका थिए ।

पक्राउ परेका व्यक्ति सुनील थापा भएको बताइएको छ । आफ्ना सहयोगीमार्फत नेपाली महिलाका निम्ति भारतीय पासपोर्ट प्रयोग गरेर हङकङको नक्कली भिसाको प्रबन्ध गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, सविना गुरुङ नामकी महिला भारतीय पासपोर्ट प्रयोग गरेर हङकङबाट यही अगस्ट ५ मा दिल्ली आइपुगेकी थिइन् । उनको कागजात जाँच गर्दा यात्रु नेपाली भएको पाइएको थियो । उनको भारतीय पासपोर्ट ठगी गरी प्राप्त गरिएको थियो । त्यससम्बन्धी एफआईआर दर्ता गरिएको प्रहरीले जनाएको छ ।

२७ वर्षीया सविना नेपालको लमजुङकी भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । उनले आफूलाई नेपाली पासपोर्टमा विदेश जान अप्ठ्यारो हुन्छ भनिएको बताएकी छन् । सोही कारण भारतीय पासपोर्ट लिएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ