भारतमा मोबाइल लुट्ने तीन नेपाली र एक भारतीय पक्राउ

साउन २८, २०८१

हैदराबाद । असुली धन्दामा संलग्न तीन नेपालीसहित चार जनालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ ।

आरोपित नेपाली भारतको रानीगन्जमा बस्दै आएका २० वर्षीय निराजन तिरुब र २२ वर्षीय विशाल कुमार तथा सिन्धि कोलोनीमा बस्दै आएका २२ वर्षीय विक्रम बुढा छन् । पक्राउ पर्ने अर्का एक व्यक्ति भारतकै ३४ वर्षीय प्रेम राय हुन् ।

उनीहरूको आम्दानी कम भएपछि मोबाइल लुट्ने योजना बनाएको बताइएको छ । यही अगस्ट १० मा विशालको कोठामा बसेर योजना बनाई उनीहरू स्थानीय रासोलपुरा एक्स रोडमा गएका थिए । उक्त स्थानमा उनीहरूले मानिसलाई धम्क्याएर मोबाइल मागेका थिए । मोबाइल दिएपछि उनीहरू त्यहाँबाट भागेका थिए ।

उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी भारतीय न्याय संहिताअनुसार कारबाही अघि बढाएको छ । उनीहरूका साथबाट प्रहरीले ६ सेट मोबाइल फोन र दुईपांग्रे स्कुटी बरामद गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ