युक्रेनी सेना रुसको ३० किलोमिटर भित्रसम्म पुग्यो, केही गाउँ कब्जामा

साउन २८, २०८१

रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भू–भागमा ३० किलोमिटर भित्रसम्म पुगेको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण शुरू गरेयता युक्रेनी सेना रुसी भू–भागमा सबैभन्दा भित्रसम्म पुगेको बीबीसीले जनाएको छ ।

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो । रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो फौजबाट रुसी भू–भागमा आक्रमण भएको स्वीकार गर्नुभएको छ ।

एक जना युक्रेनी वरिष्ठ अधिकारीले हजारौँ सैनिक रुसको भू–भागमा पुगेर कारबाही गरिरहेका बताएका एएफपीले जनाएको छ । युक्रेनी सेनाले कुर्स्क क्षेत्रका केही बस्तीहरू कब्जामा लिएको जनाएको छ ।

युक्रेनी सीमाभन्दा तीन किलोमिटरभित्र रुसको ग्वेभो गाउँमा सैनिकहरूले प्रशासकीय भवनहरूबाट रुसी झन्डा हटाइँदै गरेको भिडिओ सार्वजनिक भएको छ । रुसले कुर्स्कको आणविक ऊर्जा केन्द्र नजिकै आफ्नो रक्षा पङ्क्ति तयार गरिरहेको छ । युक्रेनी सैनिकहरू त्यहाँभन्दा ५० किलोमिटर टाढा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ