पेरिस ओलम्पिकमा चिनियाँ पौडीबाजले सबैभन्दा धेरै ६ वटा पदक जितिन्

साउन २८, २०८१

काठमाण्डौ – हिजो समापन भएको पेरिस ओलम्पिकमा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा धेरै ६ वटा पदक जितेकी छिन् ।

पेरिस ओलम्पिकको वेबसाइटअनुसार चीनकी युफेईले पौडीमा एक रजत र पाँच कास्य गरी ६ वटा पदक जितेकी हुन् । यस्तै फ्रान्सका पौडी खेलाडी लियोन मर्चन्डले चार स्वर्ण र एक कास्य गरी पाँच वटा पदक जित्दै दोस्रो स्थानमा छन् । यसैगरी तेस्रो स्थानमा रहेकी अमेरिकाकी पौडी खेलाडी टोरी हस्कले तीन स्वर्ण र दुई रजत गरी पाँच वटा पदक जितेकी छिन् ।

देशतर्फ भने सबैभन्दा धेरै पदक जित्नेमा अमेरिका रहेको छ । अमेरिकाले ४०, स्वर्ण, ४४ रजत र ४२ कास्य गरी एक सय २६ वटा पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्य गरी ९१ वटा पदक जितेको छ । यसैगरी तेस्रो स्थानमा रहेको जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य गरी ४५ वटा पदक जितेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ