थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री थाविसिनलाई बर्खास्त

साउन ३०, २०८१

काठमाडौं -थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थाविसिनलाई बर्खास्त गरेको छ । जेल सजाय भुक्तान गरेका एक पूर्ववकिललाई मन्त्रिपरिषद्मा सहभागी गराएको आरोपमा संवैधानिक अदालतले थविसिनलाई बर्खास्त गरेको हो ।

संवैधानिक अदालतले थाविसिनले नैतिक आचरण उल्लंघन गरेको र अवज्ञाकारी व्यवहार गरेको बताएको छ ।६७ वर्षीया स्रेथा थाविसिन एक वर्षभन्दा कम समय प्रधानमन्त्री रहे । थाविसिन विगत १६ वर्षमा देशको संवैधानिक अदालतले पदबाट हटाइएका तेस्रो थाई प्रधानमन्त्री हुन् ।

थाविसिनको स्थानमा अन्तरिम प्रधानमन्त्री नियुक्त गरिनेछ । त्यसपछि नयाँ प्रधानमन्त्री चयनका लागि संसद्को बैठक बोलाइनेछ । अदालतको फैसलापछि थाविसिनले भने, “मलाई आफ्नो इमान्दारीमा पूर्ण विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ