नेपाल बैंकले चार वर्षपछि मात्रै लाभांस दिने

भदौ १८, २०७२

nepal-bank

काठमाडौं – नेपाल बैंकका सेयरधनीले लाभांस पाउन अझै चार वर्ष पर्खिनु पर्ने भएको छ । विगतमा भएको नोक्सानीका कारण अझै चार वर्ष सेयरधनीलाई लाभांस दिन नसकिने बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले अनलाइनखबरलाई जानकारी दिए ।

वासलातमा नाफा देखिएपनि बैंक अझै २ अर्ब ५७ करोडले नोक्सानमा भएका कारण तत्काल लाभांस बाँड्न सक्ने अवस्थामा छैन ।’ सीइओ शाहले भने- सेयरधनीले लाभांस पाउन भने अझै चार वर्ष पर्खिनु पर्ने छ । पहिलो लाभांस नै २० प्रतिशत माथि हुने उनले दाबी थियो ।

अघिल्लो वर्ष ७३ करोड रुपैयाँ कमाएको बैंकले गत वर्ष भने ५२ करोड रुपैयाँ मात्रै कमाएको छ । बैंकका सेयरधनीले लाभांस नपाएको १७ वर्ष भयो । बैंकको वित्तीय स्वास्थ्य विग्रँदै गएपछि नियामक नेपाल राष्ट्र बैंकले २०५८ चैत १ गते हस्तक्षेप गरी विदेशी विज्ञहरुको सहयोगमा व्यवस्थापन सम्हालेर सुधार सुरु गरेको थियो ।

०७१ मंसिर २८ सेयरधनीलाई बैंक सुम्पिएर राष्ट्र बैंक फिर्ता गइसकेको छ । बैंकका वित्तीय सूचकांकहरुमा व्यापक सुधार आएका छन् । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड छ । ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउन राष्ट्र बैंकको निर्देशन छ । हकप्रद सेयर जारी गरी चुक्ता पुँजी बढाउने योजना रहेको बैंकका सीइओ देवेन्द्रप्रताप शाह बताए ।

बैंकले हस्तक्षेप गर्दा बैंकले प्रवाह गरेको कूल कर्जामध्ये ५६ प्रतिशत खराब कर्जा थियो । अहिले खराब कर्जाको मात्रा ३।९८ प्रतिशत छ । राष्ट्र बैंकले १३ वर्षअघि व्यवस्थापन हस्तक्षेप गर्दा ३४ अर्ब निक्षेप र १९ अर्ब कर्जा थियो । अहिले ७८ अर्ब निक्षेप र ५३ अर्ब कर्जा छ ।

हालसम्म जलविद्युतमा ५ अर्ब रुपैयाँका हाराहारीमा कर्जा प्रवाह गर्ने प्रतिवद्धता गरिसकेको र डेढ अर्बजति प्रवाह नै भइसकेको उनले जानकारी दिए ।अनलाइन खबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ