आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन

भदौ १५, २०८१

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टी पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् ।

केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता कार्यकर्तालाई निराशाको कुरा छाडेर पार्टी निर्माणमा लाग्न निर्देशन दिए । राप्रपालाई अझै मजबुद ढंगले अगाडि बढाउँनुपर्ने उल्लेख गर्दै अहिले देखिएका सबै विसंगति र विकृत्तिविरुद्ध सडकमा समेत जाने बताए ।

उनले भने, ‘अझै समय छ यही बीचमा पनि हामीले पार्टीलाई सक्रिय बनाउनको लागि वडा तहसम्मै जान्छौं। पार्टीको अभियानलाई पनि आन्दोलनकै अंगको रूपमा अगाडि बढाउनुपर्छ, हामीले थालेको अभियानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ, जहिले पनि निराशाको कुरा गरेका हुँदैन ।

निराशाको कुरा छाडेर सबै लाग्यौं भनेर राप्रपा आगामी निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्छ । त्यो विश्वासको साथ हामी काम गरिरहेका छौं । मनका कुनै निराशा राख्नुपर्दैन ।’ उनले अब जनताले भोट दिन बाँकी पार्टी राप्रपा बाहेक कोही नभएको जिकिर गरे ।

अहिले प्रतिनिधिसभाको दुई ठूला दल मिलेर सरकार बनाएपनि अपेक्षाअनुसारको काम गर्न नसकेको दाबी गरे । सरकार निरंकुश बन्दै दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजिरहेको आशंका व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

रोल्पामा चार जनामा हैजा संक्रमण पुष्टि