भारतको उत्तर प्रदेशमा ब्वाँसोको आतङ्क

भदौ २०, २०८१

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा जङ्गली ब्वाँसोको आतङ्क बढेको छ । ब्वाँसोले गाउँ प्रवेश गरेर बालबालिकालाई आक्रमण गर्ने घटना निकै बढेपछि गाउँलेहरू चिन्तित भएका छन् ।

गएको अप्रिलयता मात्रै बहराइचमा नौ जना बालबालिकासहित १० जनालाई ब्वाँसोले मारेका छन् । पछिल्लो पटक गएको अगस्ट १७ तारिखमा चार वर्षकी सन्ध्यालाई ब्वाँसोले घरबाटै लगेर मारेका बीबीसीले जनाएको छ । आफ्नो माटोको गोठबाहिर सुतिरहेका बेला विद्युत् कटौती भएको र त्यसको दुई मिनेटमै ब्वाँसोले सन्ध्यालाई लगेको खबरमा उल्लेख छ ।

ब्वाँसोको आक्रमणमा परी ज्यान गुमाउनेमा एक वर्षका बालकदेखि ४५ वर्षका महिलासम्म रहेका छन् । कम्तीमा ३४ जना घाइते भएका छन् । धेरै घरमा तालासमेत नभएकाले बालबालिकालाई जोगाउनै मुस्किल भएको छ । पुरुषहरूले रातमा सडकमा गस्ती गर्ने गरेका छन् । सरकारले ब्वाँसो समात्नका लागि ठाउँठाउँमा जाली राखेको छ भने ड्रोन क्यामेराको पनि प्रयोग भएको छ । अहिलेसम्म तीन वटा ब्वाँसोलाई समातेर चिडियाखानामा सारिएको छ । बहराइचमा केही ब्वाँसो रेबिजबाट ग्रस्त भएकाले आक्रमण बढेको हुन सक्ने अनुमान छ ।

ब्वाँसोले मानिसलाई मार्नु निकै अनौठो मानिन्छ । उत्तर अमेरिकामा ७० हजार वटा ब्वाँसो हुँदा पनि पछिल्लो ५० वर्षमा मानिसलाई आक्रमण गरेका जम्मा दुई वटा मात्रै घटना भएका छन् ।

उत्तर प्रदेशमा ब्वाँसोको आक्रमणको अहिले चौथो लहर चलेको छ । यसअघि सन् १९८१–८२ मा ब्वाँसोले १३ जना बालबालिकाको ज्यान लिएको थियो । सन् १९९३ देखि १९९५ सम्म ८० जना बालबालिकामाथि आक्रमण भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ