शरद् ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३ सय २९ जनाले लिए अनुमति

भदौ २६, २०८१

काठमाडौ – यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म तीन सय २९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि अहिलेसम्म ३२ वटा समूहका दुई सय ४६ पुरुष र ८३ महिला गरी तीन सय २९ जनाले अनुमति लिएका हुन् ।

सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणका लागि दुई सय ९० जनाले अनुमति लिएका छन् । यस्तै पुथा हिउँचुली आरोहणका लागि नौ जना, अन्नपूर्ण–चारका लागि पाँच, थाकर गो इस्टका लागि चार, धौलागिरि प्रथमका लागि १४, फुङ्गीका लागि पाँच र कुम्भकर्ण हिमाल आरोहणका लागि दुई जनाले अनुमति लिएका विभागले जनाएको छ ।

यस्तै हिमाल आरोहणका लागि अनुमति लिनेहरूबाट अहिलेसम्म तीन करोड ७४ लाख ४३ हजार नौ सय पाँच रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।अघिल्ला वर्षमा झैं यो वर्ष पनि मनास्लु हिमाल आरोहणमा आरोहीको आकर्षण देखिएको छ । शरद् ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ