यूएईले नेपाली दूतावासलाई बुझायो नेपाली कामदारले हराएका ५३२ थान पासपोर्ट

भदौ २८, २०८१

काठमाडौं -युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारले नेपाली कामदारले हराएका ५३२ थान पासपोर्ट नेपाली दूतावासलाई बुझाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले विभिन्न समयमा हराएका पासपोर्ट यूएईको वैदेशिक मामिला महानिर्देशनालय (दुबई)ले नेपाली दूतावासले बुझाएको हो ।

नेपाली कामदारले हराएका पासपोर्टहरू भेटिएपछि महानिर्देशनालयले संकलन गरेर राखेको थियो । संकलन भएका ५३२ थान पासपोर्ट एकसाथ अबुधाबीस्थित नेपाली दूतावासलाई बुझाइएको हो ।


हराएका पासपोर्ट प्राप्त गरेपछि नेपाली दूतावासले सूचना प्रकाशित गरेर यथाशीघ्र आफ्नो पासपोर्ट संकलन गर्न आउन अनुरोध गरेको छ ।

“राहदानी संकलन गर्न आउँदा व्यक्ति स्वयम् आफ्नो नागरिकताको फोटोकपी लिएर आउनुपर्ने बेहोरासमेत जानकारी गराइन्छ,” दूतावासले भनेको छ ।

यूएईले अवैध विदेशी कामदारलाई वैध हुन दुई महिनाको समय दिँदै ‘एम्नेस्टी (आममाफी) २०२४’ कार्यक्रम घोषणा गरेपछि भेटिएका पासपोर्ट नेपाली दूतावासलाई हस्तान्तरण गरेको हो । यूएईले सेप्टेम्बर र अक्टोबर महिनामा अवैध रहेका कामदारलाई वैध बन्न एम्नेस्टी घोषणा गरेको छ । आफ्नो साथमा पासपोर्ट नहुने, भिसा अवधिभन्दा बढी बस्ने, सम्झौता गरेको कम्पनी छोडेर अन्यत्र काम गर्ने कामदारहरू यूएईमा अवैध मानिन्छन् ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार, यूएईमा लगभग १० हजार नेपाली विभिन्न कारणले अवैध छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ