अमेरिकामा ‘छक्कापञ्जा ५’को बुकिङ खुल्यो, अलास्कामा पहिलोपटक नेपाली फिल्म

अशोज १२, २०८१

काठमाडौं – यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को अग्रिम बुकिङ अमेरिकामा खुला भएको छ । वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

नेपालसहित अन्य मुलुकभन्दा अमेरिकामा सबैभन्दा पहिले बुकिङ खुला भएको वितरक प्याट्रिक सुवेदीले बताए । केही हलले बुकिङ खुला भएको जानकारी वेब–साइटबाट समेत दिएका छन् ।

न्यू इङ्ल्याण्ड क्षेत्र र न्यूयोर्कमा केन्द्रित एप्पल सिनेमाजले आफ्ना सबै चेनमा अग्रिम बुकिङ खोलेको छ । यो बुकिङ ‘छक्कापञ्जा ५’को पहिलो बक्स अफिस बुकिङ हो ।

बोस्टनमा मुख्यालय रहेको उक्त चेनले बोस्टन, न्यू ह्याम्पसायर, न्यूयोर्कका २ थिएटर, कनेक्टिकट र रोड आइल्यान्डमा फिल्मका ५८ शोज खुला गरेको छ ।

सिनेपोलिस सिनेमाजले पनि १० अक्टोबरको साँझदेखि युलेस, टेक्सासमा अग्रिम बुकिङ खोलेको छ, जसमा पहिलो हप्ताका लागि २३ शो हुनेछन् । वितरकका अनुसार डलास क्षेत्रमा मात्र थप तीन थिएटरमा यो फिल्म प्रदर्शन हुनेछ ।

टेक्सास राज्यका कुल १२ थिएटरले यो फिल्म प्रदर्शन गर्ने पुष्टि गरेका छन् । पहिलोपटक यति धेरै थिएटरले नेपाली फिल्म प्रदर्शन गर्न लागेका हुन् ।

फिल्म १० र ११ अक्टोबरमा ७० भन्दा बढी हलमा प्रदर्शन हुने जनाइएको छ । अमेरिकाको ठूलो सिनेमार्क चेनले ३७ थिएटरमा फिल्म प्रदर्शन गर्ने जनाएको छ । माक्र्स थिएटर चेनले १२ भन्दा बढी स्थानमा प्रदर्शन गर्न सहमति जनाएको छ । रेगल सिनेमाजले कम्तीमा १२ हलमा रिलिज गर्नेछ ।

केही स्वतन्त्र हलमा समेत फिल्म लाग्ने वितरक सुवेदीले जनाए । ‘छक्कापञ्जा ५’ले अमेरिकाको अलास्का राज्यमा रिलिज हुने पहिलो नेपाली फिल्मको कीर्तिमान रच्नेछ ।

वितरकका अनुसार फिल्म न्यूयोर्कमा ५ स्थान, टेक्सासमा १२ स्थान, क्यालिफोर्नियामा ६ स्थान, ओहायोमा ५ स्थान, पेन्सिल्भेनियामा ३ स्थान, नर्थ क्यारोलिनामा ३ स्थान र डेनभर, कोलोराडोमा ३ स्थानमा प्रदर्शन हुने निश्चित भैसकेको छ । यी सबै थलोमा नेपालीको बाक्लो बसोबास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ