सन् २००५ पछि समुद्रको तापमान दोब्बर

अशोज १९, २०८१

काठमाडौं – जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै महासागर तात्ने गति पनि सन् २००५ पछि करिब दोब्बर भएको छ । युरोपीय संघको निगरानी संस्था कोपरनिकसको ताजा रिपोर्टले यो कुराको खुलासा गरेको हो ।

महासागरले पृथ्वीको सतहबाट ७० प्रतिशत भाग ढाक्छ र वायुमण्डललाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।कोपर्निकसको समुद्र विज्ञ करिना फोन शुकमानका अनुसार सन् १९६० को दशकदेखि महासागरको तापमान लगातार बढिरहेको छ । तर सन् २००५ पछि यसको वृद्धिदर अझ तीव्र भइरहेको छ । ‘पछिल्लो दुई दशकदेखि तापक्रम वृद्धिको गति करिब दोब्बर भएको छ,’ उनले भनिन्, ‘यसको वृद्धिदर ०.५८ प्रतिवर्गमिटरबाट १.०५ प्रतिवर्गमिटरसम्म पुगेको छ ।’

यो निष्कर्ष इन्टर गभर्नमेन्टल प्यानल फर क्लाइमेट चेन्ज (आईपीसीसी)को विचारसँग मेल खान्छ । उसले, मानिसका कारण ग्रह तात्ने ग्याँस उत्सर्जनले महासागरलाई असर गर्छ भन्ने विचार राख्छ ।

आईपीसीसीका अनुसार सन् १९७० पछि कार्बन डाइअक्साइड र अन्य ग्रिनहाउस ग्याँस उत्सर्जनका कारण वायुमण्डलमा फैलिने अतिरिक्त तातोपनाको करिब ९० प्रतिशत महासागरले सोस्छ । त्यसैले महासागार पनि तात्छ । अनि महासागर तात्दा विश्वको मौसमी गतिविधि र वर्षा हुने प्रणाली प्रभावित हुन्छ । त्यसबाट तुफान, चक्रवात र अन्य चरम मौसमी घटना सिर्जना हुन्छ ।

कोपर्निकसको रिपोर्ट अनुसार सन् २०२३ मा विश्वका २० प्रतिशतभन्दा बढी महासागरहरुमा कम्तिमा एकपटक गम्भिरदेखि चरम गम्भिर अवस्थासम्म समुद्रमा तातोलहर चलेको छ । त्यसबाट समुद्री जीवन र मत्स्यपालनमा प्रतिकूल प्रभाव पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ