उत्तर कोरियाको संविधानमै दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित

कार्तिक १, २०८१

उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित गरेको छ । उत्तर कोरियाले भर्खरै संशोधन गरेको संविधानमा दक्षिण कोरियालाई शत्रु राज्यका रूपमा परिभाषित गरेको बीबीसीले जनाएको छ ।

उत्तर र दक्षिण कोरियाबीचको तनाव वर्षौंयताकै उच्च विन्दुमा पुगेको अवस्थामा उत्तर कोरियाली अखबार रोदोङ सिनमुनु ले संविधान संशोधनलाई ‘अपरिहार्य र वैध उपाय’ का रूपमा व्याख्या गरेको जनाएको छ ।

गएको जनवरी महिनामा उत्तरका नेता किम जोङ उनले दक्षिणलाई आफ्नो सत्ताको ‘एक नम्बरको शत्रु’ भनेर घोषणा गरेयता यी दुई देशबीचको तनाव उच्च विन्दुमा पुगेको छ ।

उत्तर कोरियाले मङ्गलवार दक्षिण कोरियासँग जोड्ने सडक र रेलमार्गलाई विस्फोट गराएर ध्वस्त पारेको थियो । उत्तर कोरियाली मिडियाले यसलाई उत्तर र दक्षिण कोरियालाई पूर्णरूपमा अलग गर्ने कदमको कार्यान्वयनको भागका रूपमा वर्णन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गएको वर्षको डिसेम्बर महिनाको शुरूमै उत्तर कोरियासँग एकीकरण त्यागेका कारण केही पर्यवेक्षकहरूले संविधान संशोधनलाई ठूलो मात्रामा प्रतीकात्मक कदमका रूपमा हेरेका बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ