भयावह वायु प्रदूषण: भारतमा उडान प्रभावित, पाकिस्तानमा लकडाउन

मंसिर ४, २०८१

भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषणको अवस्था भयावह भएको छ । त्यहाँको वायु गुणस्तर सूचकाङ्क ‘एक्यूआई’ ५ सयभन्दा माथि पुगेको छ । १५० भन्दा माथिको सूचकाङ्कलाई अस्वस्थ वायु मानिन्छ ।

वायु प्रदूषणका कारण भिजिबिलिटीमा समस्या उत्पन्न भएको छ । यसबाट रेल र हवाई उडान प्रभावित भएको छ । हिजो नयाँ दिल्ली जाँदै गरेका १५ वटा उडान डाइभर्ट भएका थिए भने ४०० उडान डिले भएको बताइन्छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जाँद गरेका १३ उडान जयपुर र देहरादून तथा लखनउमा एक एक वटा उडान डाइभर्ट भएको थियो ।

यसबीच दिल्लीमा दर्ता भएका पूराना मोडेलका डिजेल सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । ट्रक र हलुका व्यापारिक सवारी साधनलाई विशेष अवस्थामा बाहेक राजधानी प्रवेशमा रोक लगाइएको छ ।

सरकारी र निजी कार्यालयलाई ५० प्रतिशत कर्मचारीबाट काम घरबाटै गराउन आदेश दिइएको छ । कक्षा १२ सम्मका सबै कक्षा स्थगित गरिएको छ । कक्षा ५ सम्मका सबै विद्यालयहरुलाई गतसाता नै बन्द गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ