संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड

मंसिर ५, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताएका छन्।

विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धीको पक्षमा एउटा नयाँ संकल्प आवश्यक रहेको र जरूरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताएका हुन्।

उनले संविधान सभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धीको जस्तो अपेक्षा गरेको हो त्योअनुसार नभएको भन्ने असन्तुष्टी जनतामा रहेको पनि बताए।

उनले शान्तिका निम्ति काम गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनताप्रति आभार धन्यवाद व्यक्त गर्दै जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धीको पक्षमा लाग्न सबैसँग अपिल गरे।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आफूले नेतृत्व गरेको सरकारकै समयमा सत्यनिरूपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकको अन्तिम रूप दिइएको प्रचण्डले स्मरण गरे।

‘त्यो निष्कर्षतिर जाँदैछ। यसमा खुसी छौं,’ उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको नयाँ मोडेलको रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ