मृगौला प्रत्यारोपण गरेका बिरामीको मृत्युपछि बाहिरियो मेडिसिटी अस्पतालको लापरबाही

मंसिर ६, २०८१

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चरम लापरबाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले मृगौला नै ‘गायव’ पारिदिएको भन्दै अहिले परिवार र आफन्त आन्दोलनमा उत्रिएका छन् ।

मृतकका आफन्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको नक्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्जार्च गरेको थियो । केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी पुनः अस्पताल भर्ना भएका थिए । कार्तिक २१ गते अस्पतालले मिर्गौलामा इन्फेक्सन भएको भन्दै मिर्गौला निकादिएको थियो ।

मिर्गौला निकालेको भोलि पल्ट नै बिरामीको मृत्यु भएपछि आफन्तले मृत्युअघि नै बिरामीको मृगौला गायब पारिदिएको आरोप लगाएका छन् । र त्यसकाे जिम्मा अस्पतालले लिनुपर्ने उनीहरूकाे अडान छ।

आफन्तले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई लाश नबुझ्ने अडान लिएका छन् । अस्पतालले भने सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र डिस्चार्ज गरेर घर पठाएको दाबी गरेको छ ।

अस्पतालका सूचना अधिकृत डा.राजु रानाले प्रत्यारोपण भइसकेपछि मिर्गौलाले शरीरमा राम्रोसँग काम गर्न सुरु गरेपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताए । मिर्गौला प्रत्यारोपण गरेको करिब दुई महिनापछि इन्फेक्सन भएर बिरामीको मृत्यु भएको उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ