चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…..

मंसिर ८, २०८१

जयपुर– बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका निम्ति अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोस्टमार्टम गरेन ।

तर, मृत घोषणा गरिएका रोहिताशलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, रोहिताश बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर, उनको उपचार नगरीकनै मृत घोषणा गरिएको थियो । र, उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार, वास्तवमा उनलाई छारेरोग (मिर्गी)को समस्या देखिएको रहेछ । अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एकजना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।”

“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने ।

रोहिताशलाई दोस्रोपटक अस्पताल लगिएको र उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ