पाकिस्तानमा धार्मिक हिंसाको कारण कम्तीमा ३२ जनाको मृत्यु

मंसिर ८, २०८१

धार्मिक हिंसा भडकिँदा कम्तीमा ३२ जनाको मृत्यु भएकोछ । यस्तै ४७ जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा शिया र सुन्नी मुसलमान समुदायबीच भएको झडपमा १४ सुन्नी र १८ शिया समुदायका मानिसको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

हिजो राति आक्रोशित शिया समुदायका व्यक्तिहरूको समूहले सुन्नीको बाहुल्यता रहेको बागान बजारमा आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूले बजारका सबै घर र गाउँका घरहरूमा समेत पेट्रोल छर्किएर आगो लगाएका एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । तीन सय वटाभन्दा धेरै पसल र एक सय वटाभन्दा धेरै घर जलेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

अस्ति मात्रै एउटा बसमा भएको आक्रमणमा ४३ जनाको मृत्यु भएको थियो । अफगानिस्तानको सिमानामा रहेको पहाडी खैबर पख्तुनख्वा प्रान्तमा सुन्नी र शिया मुसलमानबीच भएका झडपमा पछिल्लो एक महिनामै एक सय ५० जनाभन्दा धेरैको मृत्यु भएको छ ।

विभिन्न शहर र गाउँ–गाउँमा धार्मिक हिंसा भड्किएकाले अवस्था नाजुक रहेको स्थानीय प्रशासनले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ