यू-१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल श्रीलंकासँग खेल्दै

मंसिर १४, २०८१

यू-१९ एसिया कप क्रिकेट आजदेखि सुरू हुँदैछ। शुक्रबार युएईको सारजहा क्रिकेट स्टेडियमा यू-१९ एसिया कपका उद्घाटन खेल हुनेछ।

कुल आठ देश रहेको प्रतियोगितामा नेपाल समूह बी मा छ। नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

समूह ए मा भारत, पाकिस्तान, जापान र आयोजक युएई छन्।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ। खेल बिहान १०:४५ बजे सुरू हुनेछ।

प्रतियोगिता खेल्न नेपाली टोली बुधबार नै युएई पुगिसकेका छन्। एसिया कपको तयारीस्वरूप नेपालले भारतको कर्नाटका यू-१९ सँग पाँच खेलको सिरिज खेलेको थियो। त्रिवि मैदानमा भएको खेलमा नेपालले ३-२ ले सिरिज जितेको थियो।

नेपालको यू-१९ टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन्। उनले पहिलोपटक नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेका हुन्।

नेपाली टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रन्जित कुमार छन्।

एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

ला लिगामा बार्सिलोना विजयी

भुटान जाने नेपाली टोलीकाे बिदाई

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न नगराउन क्यानको निर्देशन

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण