एनपीएलको उद्घाटन : विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

मंसिर १५, २०८१

काठमाण्डौ – नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५ ओभर तीन बलमा भेट्टायो ।

जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एकरएक विकेट लिए ।

त्यसअघि त्रिवी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्ग्स १९ ओभरमा एक सय २७ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए । जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले दुईरदुई विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ