रवि लामिछाने: रातारात चितवनबाट पोखरा लगिएकोप्रति रास्वपाको आपत्ति

मंसिर २१, २०८१

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ । साथै रास्वपाले लामिछानेलाई बुधवार मध्यराति चितवनबाट पोखरा पुर्‍याएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानव अधिकारवादी सङ्घ–संस्थाहरूको पनि ध्यानाकर्षण गराएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज निकालेको विज्ञप्तिमा सरकारको कदम राज्य संयन्त्रको दुरुपयोग रहेको उल्लेख छ । लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले सहमतिमै लामिछानेलाई पोखरा लगिएको जनाएको छ । चितवनको सहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान सकिएपछि लामिछानेलाई रातमा पोखरा लगिएको थियो ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि गएको कात्तिक २ गते पक्राउ परेका लामिछाने थुनामा रहेका छन् । यसबीचमा उनलाई पोखरा, बुटवल, काठमाण्डौ र चितवन पुर्‍याइसकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ