स्वास्थ्य मन्त्रालयद्वारा ‘हेल्लो स्वास्थ्य’ सेवा सुरु

मंसिर २४, २०८१

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरुआत गरेको छ । स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाटसमेत पठाउन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

टेलिफोन नम्बर ‘१११५’ मा फोन गरेर, भाइबर र ह्वाट्सएप ‘९८५१३३०५९२’ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । यसैगरी इमेलमार्फत ‘हेल्लो हेल्थ एट एमओएचपी डट जिओभी डट एनपी’ मा पनि गुनासा पठाउन सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न इकाइ स्थापना गर्ने मन्त्रीस्तरिय निर्णयपछि हेल्लो स्वास्थ्य स्थापना गरिएको जनाइएको छ ।

गुनासो सम्बोधन गर्न मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा अनुप बाँस्तोलाको संयोजकत्वमा गत मङ्सिर १४ गते इकाइ गठन गर्ने निर्णय गरिएको थियो । इकाईमा सूचना अधिकारी डा भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ