धादिङ फुटसल एकेडेमीले जित्यो खुल्ला फुटसलको उपाधि

पुस ५, २०८१

धादिङ -धादिङ खुल्ला फुटसल प्रतियोगिताको उपाधि धादिङ फुटसल एकेडेमीले जितेको छ । एक्सन नेपाललाई ७–५ गोल अन्तरले पछि पार्दै धादिङ फुटसल एकेडेमीले उपाधि चुमेको हो ।

त्यस्तै, हिम्स नेपाल बी र अभिषेक चर्चले भने तेस्रो स्थानको उपाधि बाँडेका छन् । प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्लाको सदरमुकाम धादिङबेसीमा आयोजित खुल्ला फुटसल प्रतियोगिता ख्रीष्टमस २०२४ को अवसरमा हिमालय सामुदायिक मुक्ति समाज (हिम्स नेपाल), नगर इसाई समाज र महिमा युथ क्लवले संयुक्त रुपमा आयोजना गरेको हो । ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान गर्ने र अन्य संघ संस्थाहरुसँग सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको महिमा युथ क्लव धादिङको संयोजक शमुयल तामाङले जानकारी दिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले विकास निर्माणका काम जस्तै खेलकुद क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर काम गरेको बताएका छन् । ‘जिल्लाका खेलाडीहरुले राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा अवार्डहरु जितिरहेका छन् । जिल्लामा हुने यस्ता खेलहरुले थप खेलाडीलाई थप प्रोत्साहन मिल्ने विश्वास लिएका छौं,’ उनले भने ।

मिडिया पार्टनरको रुपमा जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ र नेपालपथ डटकम रहेका थिए । खेल सकिएपछि धादिङ फुटसलमा नै धादिङ इसाई समाजको शुभकामना आदान–प्रदान कार्यक्रम पनि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ