धादिङ अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटा

पुस १०, २०८१

धादिङ– बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटालाई मनोनीत गरेको छ । स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयले अस्पतालको अध्यक्षमा समाजसेवी सापकोटालाई नियुक्त गरेको हो ।
प्रदेशको स्वास्थ्य सेवा ऐन २०७५ पहिलो संशोधन २०८१ को दफा २६ ख. उपदफा २ को काम कर्तव्य अधिकार बमोजिमको कार्य सम्पादन गर्ने दफा २६क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी दफा २६क. उपदफा (२) बमोजिम सापकोटालाई धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनीत गरिएको हो ।


‘धादिङ अस्पतालले प्रवाह गर्ने सेवामा विस्तार तथा थप प्रभावकारी बनाउने अध्यक्ष सापकोटाले बताइन् । ‘पछिल्लो समय धादिङ अस्पतालले सेवा विस्तार तथा प्रविधिको क्षेत्रमा फड्को मारेको छ । विशेषज्ञसहितको सेवाहरु प्रवाह भइ रहेका छन् । तर आम नागरिकको अपेक्षा पनि बढी रहेको छ’ उनले भनिन्– ‘स्वास्थ्य समस्या हुँदा धादिङ अस्पताललाई विरामीको रोजाई र विश्वासिलो स्वास्थ्य संस्था बन्ने गरी काम गर्छौं ।’
मानव अधिकार तथा महिला अधिकारको क्षेत्रमा निकै लामो समयदेखि काम गर्दै आएकी सापकोटा एमाले धादिङको जिल्ला सचिव समेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ