सरकारले सार्वजनिक गाडीको भाडा बढायो

पुस २२, २०८१

काठमाण्डौ – सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आज सार्वजनिक गाडीको भाडा बढाएर सूचीसमेत सार्वजनिक गरेको छ ।

विभागका अनुसार यात्रुवाहक गाडीको भाडा तीन दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।

इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन् । यसपटक इन्धनको भाउमा धेरै तलमाथि नभए पनि सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च बढेकाले भाडा बढाइएको विभागले जनाएको छ ।

यसअघि अन्तिम पटक गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो । यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा समायोजन गर्न यही पुसको ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहमति प्राप्त भएको विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ