रेमिट्यान्समार्फत रवि लामिछानेले ७५ लाख रकम विदेश पठाएको तथ्य भेटियो

पुस २२, २०८१

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले सरकारीबाट रकम अपचलन गरेको रकम बिदेश पठाएको तथ्य खुलेको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम लामिछानेको नामबाट विदेश पठाएको तथ्य अनुसन्धानको क्रममा फेलापरेको हो । काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा किटानी गरिएको तथ्यअनुसार रबि लामिछानेले ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको पाइएको छ ।

सन २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका रबिको दावी छ ।

२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

विद्युतको बक्यौता असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

लुम्बिनीमा प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकता

हालसम्मकै उच्च विन्दुमा पुगेर एक सयले घट्यो सुनको मूल्य

मध्येरातमा गाँजासहित भारतीय नागरिक पक्राउ