भण्डारीले सुरु गरे चुनावी घरदैलो र ब्यवसायीहरुसंगको अन्तरक्रिया

पुस २३, २०८१

धादिङ-धादिङ उद्योग बाणिज्य संघको ११ औं अधिवेशन नजिकिदै जाँदा अधिवेशनमा विभिन्न पदका आकांक्षीहरुको चुनावी घरदैलो सुरु भएको छ । यसै क्रममा बरिष्ठ उपाध्यक्ष पदका आकांक्षी रोहित भण्डारीले राजमार्ग क्षेत्रबाट उद्योेगी ब्यवसायीसंग अन्तरक्रिया गर्ने तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेका हुन् ।

सोमबार भण्डारीले पृथ्वीराजमार्ग क्षेत्रको मौवाखोला, हुग्दीखोला, चरौदी, गल्छी आसपास क्षेत्रका ब्यवसायीहरुसंग अन्तरक्रिया तथा भेटघाट गरेका हुन् । उक्त कार्यक्रममा पुर्व अध्यक्ष चन्द्रकान्त अधिकारी, हालका बरिष्ठ उपाध्यक्ष राम कुमार डल्लाकोटी, उपाध्यक्ष गोविन्द भण्डारी, महासचिव तिलक सिंखडा लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रमहरुमा बोल्दै भण्डारीले सुस्ताउदै गएको धादिङ उद्योग बाणिज्य संघको छवीलाई थप शसक्त बनाउने तथा उद्योगी ब्यवासायी मैत्री उद्योग बाणिज्य संघ बनाउने आफ्नो अभियान रहेकाले आफु बरिष्ठ उपाध्यक्ष पदमा उठेको र त्यसलाई सदर गरिदिन उद्योगी ब्यवसायीहरुसंग आग्रह गरेका छन् ।


ब्यवसायीहरुको हकहितको संरक्षण र प्रवद्र्धनमा मुख्य ध्यान दिइ सरकार र उद्योगी ब्यवसायीको वीचमा सकारात्मक सम्वन्ध विस्तार गर्न आफु लागिपर्ने भण्डारीले बताए । त्यस्तै धादिङ उद्योग बाणिज्य संघलाई ब्यवसायीहरुको साझा संस्थाको रुपमा स्थापित गराउने पनि उनले बताए ।
उनले आफुले जिते पनि हारे पनि ब्यवसायीहरुसंग व्यवसायीक समुदायको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय उद्यमीहरूको समस्या समाधान, व्यवसाय विस्तार, र आधुनिक व्यापारिक प्रणालीको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
भण्डारीको चुनावी घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा सवै राजनितिक दलमा आस्था रहेका ब्यवसायीहरुको पनि समर्थन देखिएको छ । सवै पुर्व अध्यक्षहरुको दरिलो साथ पाएका भण्डारीको चुनावी घरदैलो कार्यक्रममा देखिएको सहभागिताले यस पटक उद्योग बाणिज्य संघमा राजनितिक दल निकट प्यानल नवन्ने संकेत देखिएको हो । धादिङ उद्योग बाणिज्य संघको अघिल्ला अधिवेशनहरुमा राजनैतिक दलहरुले प्यानल प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएपनि यसपटक भने हालसम्म त्यस्तो देखिएको छैन । बरिष्ठ उपाध्यक्ष पदका आकांक्षी रोहित भण्डारीलाई नै सवैजसो राजनितिकदल निकट रहेका ब्यवसायीहरुको समर्थन रहेको बुझिएको छ ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै धादिङ उद्योग बाणिज्य संघको दक्षिण क्षेत्रिय समितिका पुर्व अध्यक्ष दीपक कार्कीले भने, ‘विगतमा कसले के गरे भन्दा पनि आगामी दिनमा कसले गर्न सक्छ भनेर हेर्ने हो भने धादिङ उद्योग बाणिज्य संघमा रोहित भण्डारीको आवश्यकता छ, त्यसैले उनले जित हाँसिल गर्नुपर्छ ।’


धादिङ उद्योग बाणिज्य संघभित्र उनले पु¥याएको योगदान, नेतृत्वदायी क्षमता, र व्यवसायीक समुदायसँगको नजिक सम्बन्धले उनलाई यो पदका लागि योग्य उम्मेदवारका रूपमा स्थापित गरेको कार्कीले बताए । सवै पक्षलाई समेटेर ब्यवसायीहरुको साझा सस्था बनाउन र स्थानीय सरकारहरुसंग मिलेर काम गर्ने योजना समेत बनाउन कार्कीले सुझाव समेत दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ