धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा भण्डारी सर्वसम्मत, अन्य पदाधिकारी अध्यक्षले मनोनित गर्ने

पुस २७, २०८१

धादिङ । धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा रोहित भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दल र दलसँग जोडिएका व्यवसायीहरुबीचको लामो छलफल र बहसपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।

विधानमा व्यवस्था भएबमोजिम वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान छ । यो प्रावधान अनुसार अध्यक्ष पदका लागि मतदान गर्नु पर्दैन । तर, वरिष्ठ उपाध्यक्षमा भने रस्साकस्सी हुने गरेको छ । १०औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित रामकुमार डल्लाकोटी ११औं अधिवेशनबाट स्वतः अध्यक्ष बनेका छन् ।

भण्डारीको प्यानलबाट सबैं पदमा सर्वसम्मत चयन भएपनि वरिष्ठ उपाध्यक्ष पदमा भने दुइ जनाको उम्मेद्वारी परेको थियो । वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका अर्का उम्मेद्वार सुदर्शन रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिएसंगै भण्डारी सर्वसम्मत वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रबार मध्यरातमा सुदर्शन रिजाल र रोहित भण्डारीबीच सहमति जुटेको हो । धादिङ उद्योग वाणिज्य संघमा सुदर्शन रिजालले उठाएका एजेण्डाहरुलाई रोहित भण्डारीको टिमले समेटेर लैजाने कुरामा भण्डारीले सहमति जनाएका छन् ।
सहमति गराउनको लागि धादिङ उद्योग बाणिज्य संघका वर्तमान कार्यसमिति पदाधिकारी तथा विभिन्न राजनैतिक दलका नेतृत्वहरु लागिपरेका थिए । यो संगै धादिङ उद्योग वाणिज्य संघको ११आंै अधिवेशनबाट चुनिने सबै पदहरु सर्वसम्मत भएको छ ।

संघको विधान बमोजिम ३३ सदस्यीय कार्यसमितिमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, एक महासचिव, तीन सचिव, एक कोषाध्यक्ष गरी ११ जना पदाधिकारी रहने व्यवस्था छ । विधानमा व्यवस्था भएअनुरुप हाल सदस्यमा निर्वाचितहरुबाटै अध्यक्षले पदाधिकारी मनोनित गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ