माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन

पुस २९, २०८१

काठमाडौँ । माघ महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा ७ बैंकले केही घटबढ गरेका हुन् ।

यसरी ब्याजदर घटबढ गर्ने बैंकहरुमा कृषि विकास बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालन बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।

कहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ३.०० प्रतिशत विन्दुदेखि अधिकतम ३.१० प्रतिशत ब्याज पाइन्छ। त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ६ प्रतिशतसम्म ब्याज पाइन्छ भने एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ३.०० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । व्यक्तिगत मुद्दती खातामा प्राइम कमर्शियल बैंकले तोकेको ६ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । त्यस्तै, संस्थागत मुद्दती खातामा सानिमा बैंकले तोकेको ४.३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ