चीन र रुसबीच अहिलेसम्मकै उच्च व्यापार

माघ १, २०८१

चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यो दुई देशबीचको अहिलेसम्मकै उच्च मूल्यको व्यापार हो ।

चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार दुई देशले सन् २०२३ मा २ खर्ब ४० अर्ब १० करोड डलर बराबरको व्यापार गरेका चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

पश्चिमा देशहरुले रुसमा प्रतिबन्ध लगाएपछि चीन र रुसबीच व्यापार बढेको छ । अघिल्लो वर्ष पनि दुई देशबीचको व्यापार बढेको थियो । सन् २०२२ को शुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि चीन र रुस राजनीतिक र आर्थिक सम्बन्ध बढेको छ ।

यो सम्बन्धलाई अमेरिका र अन्य पश्चिमी देशहरुबाट व्यापक आलोचना भएको छ । तर दुई देशले सम्बन्ध बलियो बनाउँदै लगेका छन् ।

युक्रेन युद्धका विषयमा चीनले आफू तटस्थ रहेको देखाउन खोजेको छ । उसले आक्रमणका लागि रुसको निन्दा गर्न भने बारम्बार अस्वीकार गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ