कुलमान घिसिङ भन्छन्- ‘चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ’

माघ ३, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) २५ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित इप्पान ईभी र्‍यालीमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि भएको उनले उल्लेख गरे । उनले निजी मात्र नभएर यात्रुवाहक विद्युतीय सवारीसाधन समेत बढेको बताए ।

“इलेक्ट्रिकल भेइकलमा ट्रान्सपोटेसन भएको छ, यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारीसाधनमा नेपालभर वृद्धि भएको छ,” उनले भने ।

विद्युतीय सवारीसाधनका निम्ति देशभर आवश्यक संरचना बनाउन जरुरी रहेकामा उनले जोड दिए । चार्जिङ स्टेसन मुलुकभर बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ