इजरायली राष्ट्रपति नेपाल आउन इच्छुक

माघ ३, २०८१

इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितले इजरायली राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

इजरायल-हमासबीच युद्धविराम सम्झौता भएकै दिन राजदूत प्रा. पण्डितले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस भएपछिको कुराकानीमा राष्ट्रपति हर्जाेगले आफू नेपाल भ्रमण गर्न इच्छुक भएको बताएका छन्।

‘कुराकानीका क्रममा मैले महामहिमबाट नेपालको भ्रमण होस् भन्ने हाम्रो चाहना छ भनेको थिएँ’, राजदूत पण्डितले भने, ‘नेपाल आउने मेरो पनि एकदम ठूलो चाहना छ भन्नुभयो। यो कुरा उहाँले आफ्ना सहयोगीलाई नोट पनि गराउनुभएको छ।’

बुधबार अपराह्न भएको कार्यक्रममा नेपालका अलावा चीन, स्लोभेनिया, पनामा र पोर्चुगलका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम थियो।

ओहोदाको प्रमाणपत्रपछि नेपाली राजदूतलाई राष्ट्रपतिसँग कुराकानीका लागि ७ मिनेट तय गरिएको थियो। ‘तर, उहाँसँग १२ मिनेट कुराकानी हुनसक्यो, उहाँले नेपालबारे निकै चासो प्रदर्शन पनि गर्नुभयो’, पण्डितले भने, ‘कुराकानीका क्रममा मैले आजै इजरायल-हमासबीच युद्धविराम पनि हुँदै छ, आजै महामहिमसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने अवसर पनि प्राप्त गरेँ भनेको थिएँ। यसलाई उहाँले पनि गजबको संयोगका रूपमा लिनुभयो।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ