निफमा ४० देशका ८७ फिल्म प्रदर्शन गरिने

माघ ४, २०८१

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ४० देशका ८७ वटा फिल्म प्रदर्शन गरिने भएको छ ।

आयोजक संस्था नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले महोत्सवमा देखाइने चलचित्रको सर्टलिस्ट सार्वजनिक गर्दै जानकारी गराएको हो । आगामी चैत ७ देखि ११ गतेसम्म चल्ने महोत्सवमा भारत, चीन, क्यानडा, सिंगापुर, ब्राजिल, इरान, बंगालादेश, बेल्जियम, न्युजील्याण्ड लगायत देशका चलचित्र र कलाकारहरुले सहभागिता जनाउँदैछन् ।

दर्शकहरुले सिभिल मल र छायाँ सेन्टरमा आफ्नो अनुकूल चलचित्र हेर्न सक्ने आयोजकले जनाएको छ । त्यस्तै, पर्यटन बोर्ड र राष्ट्रिय सभा गृहमा विभिन्न छलफलका सत्रहरु सञ्चालन हुने बताइएको छ ।

महोत्सवको अन्त्यमा एउटा उत्कृष्ट चलचित्रले गौतम बुद्ध अवार्डसहित १५ सय अमेरिकी डलर पाउनेछ । त्यस्तै, उत्कृष्ट वृत्त चलचित्रले एक हजार डलर र उत्कृष्ट लघु चलचित्रलले पाँच सय डलर पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ