चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित

माघ ७, २०८१

काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेज निलम्बनमा परेका हुन् ।

गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । तर, आइतबारदेखि भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

सोही समितिको सिफारिसका आधारमा असई भुजेललाई प्रदेश प्रहरी कार्यालय वाग्मती‍ले निलम्बन गरेको चितवन प्रहरीका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

असई भुजेलले प्रहरी आचरणविपरीत कुटपिट गरेको खुलेपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

भिडियोमा नजिकै प्रहरीले चेकिङ गरिरहेको र त्यहीँ सामु उभिएका व्यक्तिलाई ती प्रहरीले कुटपिट गरेको देखिन्छ । प्रहरीको लात्ताले ती व्यक्ति ढलेका छन् । ढलेपछि समेत कुटपिट गरेको भिडियोमा देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ