यू–१९ महिला विश्वकप : नेपाल ७ बलअघि नै अलआउट

माघ ७, २०८१

मलेसियामा जारी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले अन्तिम ७ बल अघि नै अलआउट हुँदै ७३ रनमा समेटिएको हो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। साबित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर साना प्रधीन १ रनमा आउट हुँदा ज्योत्स्निका मरासिनी र किरण कुँवरले समान ४ रन बनाए। सीमाना केसी १, एलिसा यादव ३ र रिया शर्मा २ रन बनाउँदै आउट भए। रचना चौधरीले शून्य रनमै आउट हुँदा अनु कडायत ५ रनमा नटआउट रहिन्।

स्कटल्यान्डका लागि मइसी मसेइराले ५ विकेट लिइन्। अमेली बाल्डी र नयमा सेखले समान २ विकेट तथा क्रिस्टी मक्कुलले एक विकेट लिइन्।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल सिपर ६ मा पुग्न आजको खेल जित्नै पर्ने दबाबमा छ। तर ब्याटिङ राम्रो हुन सकेन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ