धादिङ लोक सांस्कृतिक महोत्सव सुरु, उपप्रधानमन्त्री सिंहद्धारा उद्घाटन

माघ १०, २०८१

धादिङ । ‘धादिङ लोक सांस्कृति महोत्सव २०८१’ आजबाट सुरु भएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सव उद्घाटन गरेका छन् ।

महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले लोक संस्कृतिको प्रवद्र्धनले समग्र देश विकासमा टेवा पुग्ने बताए । आफ्नो संस्कार र सस्कृतिले देशको पहिचान उचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने बताएका हुन् ।

देशको आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनका लागि लोक सांस्कृतिक पक्षको प्रचार महत्वपूर्ण रहेको भन्दै उनले लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनसँगै देशको समग्र विकास ठूलो योगदान दिने तर्फ गरे ।

‘नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुन्छन् । यस्ता मेला महोत्सवहरु विदेशी र स्वदेशी पर्यटकहरूलाई आकर्षित गर्ने माध्यम बन्न सक्छ । जसले पर्यटन उद्योगलाई उकास्न मद्दत गर्दछ’, मन्त्री सिंहले भने–‘महोत्सवको आयोजना गर्दा स्थानीय उत्पादनहरूको बिक्री, होटेल व्यवसाय, हस्तकला तथा यातायात सेवामा आर्थिक गतिविधि बढ्छ र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’

देशको मौलिक परम्परा, भेषभूषा, संगीत, नृत्य, र कला प्रदर्शन गरेर सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेको उल्लेख गर्नुहँुदै मन्त्री सिंहले यस्ता मेला महोत्सवले युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिनेमा विश्वास व्यक्त गरे ।
धादिङको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सव आयोजना गरेको हो । बिहिबार (आज)बाट सुरु भएको लोक सास्कृतिक महोत्सव माघ २० गतेसम्म संचालन हुनेछ । महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष राखिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए ।

अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । मौलिक र जातिय पहिचानको झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको छ । महोत्सवबाट तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने आकलन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ