थाइल्यान्डमा समलैंगिक विवाहलाई कानूनी मान्यता

माघ १०, २०८१

पूर्वी एशियाली देश थाइल्यान्डले समलैंगिक विवाहलाई कानूनी मान्यता दिएको छ । थाइल्यान्डमा लामो समयदेखि प्रतिक्षा गरिएको समान विवाह कानून आजदेखि लागू भएको बीबीसीले जनाएको छ ।

आज सयौं समलिंगी जोडीले विवाह दर्ता गराएका छन् । जिल्ला अधिकारीहरूले फोटो बुथ र निःशुल्क कप केकसहित पार्टीको आयोजना गरेका छन् । त्यहाँ विवाह दर्ता गराउनेहरू विभिन्न रंगका पोशाकमा सजिँदा उत्सवमय भएको खबरमा उल्लेख छ । विवाह दर्ता गर्ने पहिलो जोडीलाई हवाई टिकट पनि नि:शुल्क थियो ।

विश्व आर्थिक मञ्चमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोसमा रहनुभएकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले ‘थाइल्यान्डमा इन्द्रेणी झण्डा माथि उडिरहेको छ’ भनेर फेसबुकमा लेख्नुभएको छ । यस्तै थाइल्यान्डका पूर्वप्रधानमन्त्री श्रीथा टाविसिनले आफूहरू अमेरिकाभन्दा धेरै खुला विचारका भएको टिप्पणी गरेका छन् ।

गएको सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले यो कानूनलाई अनुमोदन गर्नुभएको थियो । त्यसको १ सय २० दिनपछि यो कानून लागू भएको हो । थाइल्यान्डमा ‘एलजीबीटीक्यू प्लस’ अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारलाई धेरै महत्त्व दिइन्छ ।

थाई सामाजिक अभियन्ताहरूले समलिंगी विवाहको अधिकारलाई मान्यता दिन एक दशकदेखि प्रयास गरिरहेका थिए तर देशमा राजनीतिक उथलपुथलका कारण यो कदम बारम्बार ढिला भइरहेको थियो ।

नयाँ विवाह कानूमा पुरुष, महिला, पति र पत्नीको सट्टा लैङ्गिक तटस्थ शब्द प्रयोग गरिएको छ । नयाँ कानूनमा तेस्रोलिंगीलाई पनि विवाह गर्ने अधिकार दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ