किराञ्चोक कार्कीडाडा माविले मनायो सताब्दी महोत्सव, गर्‍यो संस्थापकहरुलाई सम्मान

माघ २२, २०८१

धादिङ । गल्छी गाउँपालिका–४ मा रहेको किराञ्चोक कार्कीडाडा माविले सताब्दी महोत्सव धुमधामका साथ मनाएको छ ।

विभिन्न खेलकुद प्रतियोगिता, स्थानीय साँस्कृतिक झाँकी तथा ज्ञानवद्र्धक प्रतियोगिताहरु संचालन गर्दै संस्थापकहरुलाई सम्मान गरेर सताब्दी महोत्सब मनाएको हो ।

विक्रम सम्बत १९८२ माघ ५ गते वसन्तपंचमीको दिन तत्कालिन सातबिस किराञ्चोकस्थित कोतको पटांगिनी (हालको गल्छी गाउँपालिका–४ कार्कीडाँडा) मा भाषा पाठशालाको रुपमा स्थापना भएको थियो । हाल माध्यामिक विद्यालय संचालन गरिएको विद्यालय स्थापना गर्दा संस्कृतका पंडितको दरबन्दी भएपनि पंडित नपाएपछि गाउँघरमा केही पढेलेखेकाहरुले विद्यालय चलाएर वि.स.ं १०९२ तिर नुवाकोट जिल्लाका महानन्द नेपालले पहिलो पटक दरबन्दीमा आएर विद्यालय संचालन गरेको विद्यालयका प्रधानाध्यापक पुरुषेतम अधिकारीले जानकारी दिए ।

कोतको पटांगीनीमा खुल्ला चाउमा पढाइ सुरु गर्दा विद्यार्थीले आफैँले चकटी गुन्द्री लिएर आउने र शिक्षकले आएर पढाउने काम गर्ने गरेर सुरु भएको वृद्धहरुको भनाइ छ ।

सताब्दी महोत्सव समापनको अबसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले शिक्षाको विकासका लागि बागमती प्रदेश सरकार लागि परेको र किराञ्चोक कार्कीडाडाँ माविलाई सरकारले सघाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भुमिलाल सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना व्यक्त गर्दै विद्यालयले सीप सम्बन्धी विषय, बालमैत्री शिक्षण सिकाइमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रको अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय महानन्द नेपाल, तथा पुराना शिक्षकहरु लोकनाथ अधिकारी, भवनाथ अधिकारी, गजेन्द्रपुरुष ढकाल, ज्ञानेश्वर गौतम, लगायतलाई सम्मान गरिएको छ । संस्थापक विद्यालय व्यवस्थापन समितिका कृष्णप्रसाद अधिकारी, गोपाल प्रसाद लामिछाने, धनबहादुर भण्डारी, यमबहादुर भण्डारी, तथा प्रा.डा रामचन्द्र गौतम लगायत ४ सय जनालाई सम्मान गरिएको थियो ।
मुख्यमन्त्री लामाले किराञ्चोक कार्कीडाडाँ मावि सताब्दी महोत्सक स्मारिका २०८१ को समेत विमोचन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ